नकारात्मक सोचलाई रुपान्तरण गरी शान्ति, सहिष्णुता कायम गर्न सक्नु पर्नेः मन्त्री खनाल

दाङ, ६ कार्तिक ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले समाजमा रहेका सबै प्रकारका विकृति विसंगति एवं नकारात्मक सोचलाई रुपान्तरण गर्न सक्नु पर्ने बताउनु भएको छ ।

विजया दशमीको शुभकामना सन्देश दिदै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले समाजमा विद्यमान नकारात्मक सोचलाई रुपान्तरण गरी शान्ति, सहिष्णुता, धैर्यता तथा सकारात्मक भावका साथ अगाडी बढने प्रण गर्ने दिन विजया दशमी भएको बताउनु भएको छ। ।


मन्त्री खनालले असत्य माथि सत्यको विजयको दिन नै वडादशैं भएको भन्दै यो दिनले सबैलाई सिर्जनशिल समाज स्थापना गर्ने शक्ति दुर्गामाताले प्रदान गरुन भनी कामना गर्नु भएको छ । मन्त्री खनालले स्वास्थ्य सजगता अपनाई दशैं पर्व हर्ष उल्लासपूर्वक मनाउन पनि आग्रह गर्नुभएको छ ।