माओवादी केन्द्रको देशभर वडा सम्मेलन, तुलसीपुरका सबै वडाको तयारी पूरा

तुलसीपुर
४ मंसिर / नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रका देशभरका वडा सम्मेलन आज हुँदैछन्।

पार्टील पहिले पटक लोकतान्त्रिक विधिबाट नेतृत्व छनौट गर्दैछ । यसैसन्दर्भमा तुलसीपुरका १९ वटै वडामा आज सम्मेलनको तयारी पूरा भएको पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीले बताए ।


उनका अनुसार तुलसीपुरका केन्द्र,प्रदेश तथा जिल्ला स्तरका नेताहरुलाई बिशेष आतिथ्यको निमन्त्रणा गरिएको छ । सबै वडा सम्मेलनहरुमा अतिथिहरुको प्रशिक्षण मन्तब्य पनि रहनेछ । साथै उनले सबै वडामा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न पनि आह्वान गरेका छन् ।

अध्यक्ष चौधरीले सम्मेलन भब्य र सभ्य बनाउनकालागि सबै सक्रिय भएर लाग्न पनि अनुरोध गरेका छन् ।