संसदमा अपारले भने‘चारलेन बजेटमा आउनु पर्थ्यो’

तुलसीपुर,२४ जेठ ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले घोरीही–तुलसीपुर चारलेन सडकलाई बजेटमा समावेश नगर्नु दुःखद रहेको बताएका छन् । बुधबार राष्ट्रियसभामा बजेटका विषयमा भएको छलफलमा उनले घोराही–तुलसीपुर साविक राप्तीकै लाइफ लाइन भएको भन्दै यसलाई बजेटमा सम्बोधन हुनुपर्नेमा त्यसो हुन नसकेकोमा गुनासो ब्यक्त गरे ।

त्यस्तै उनले तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्ट नेपालकै एतिहासिक र पुरानो विमानस्थल भएपछि यसमा पनि उपेक्षा परेका बताएका छन् । उनले टरिगाउँ एयरपोर्टलाई बजेटले उचित सम्बोधन गर्नुपर्ने समेत बताए ।


त्यस्तै उनले माडी–दाङ डाइभर्सनलाई बजेटमा समावेश नगरेकामा पनि गुनासो गरे । माडीदाङ डाइभर्सन दाङको सिंचाई क्षेत्रकालागि एकदमै महत्वपूर्ण आयोजना रहेको उनको भनाई छ ।