किवानिस डाइनामिकले दियो ५७ विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर, ८ भदौ ।
किवानिस क्लब अफ डाइनामिक तुलसीपुरले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित आधारभूत विद्यालय घोरनेटीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

गरिब, असहाय, दलित, विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई छनोट गरि ५७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो । तुलसीपुरको शुसिल फेन्सी स्टोरले झोला, सक्सेस एकाडेमीले कपी, कलम तथा रोल्पाली डाँगी स्टोरले खानेकुरा क्लबलाई प्रदान गरेको थियो । त्यही सामग्री क्लबले विद्यालयका विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिन्तामणी पुनको अध्यक्षता तथा क्लबका अध्यक्ष ललितजंग शाहको प्रमुख आतिथ्य एवं बरिष्ठ उपाध्यक्ष टोपबहादुर घर्तीको बिशिष्ट आतिथ्यमा कार्यक्रम गरि उक्त सामग्री शनिबार प्रदान गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि शाहले समाजमा धेरै सम्पन्नशाली ब्यक्ती भएकाले त्यस्ता ब्यक्तीहरुले पनि यसरी समाजसेवा तर्फ ध्यान दिनुपर्छ, भन्ने सन्देश दिन यस्तो कार्य गरिएको बताए ।


त्यस्तै विशिष्ट अतिथि घर्तीले समाजमा सहयोगको भावना बृद्धि गर्न यसरी सहयोगको कार्यक्रम गरिएको बताए । उनले यस्ता कार्यलाई निरन्तरता दिने समेत उनको भनाई छ ।

त्यस्तै सक्सेस एकाडेमी तुलसीपुरका प्रिन्सिपल प्रदिप वली, पत्रकार दीपक बोहरालगायतले यस्तो कार्यको प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक मानबहादुर वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण क्लबका सचिब जयन्त उपाध्यायले गरेका थिए ।