अस्पताल भित्र भेटियो घाइते अवस्थामा रतुवा (राते)

निरला अर्याल
दाङ, २६ असार ।
दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्नु नौलो कुरा भने पक्कै होइन । वन्यजन्तुले मानवीय क्षति गरेको वा किसानले लगाएको वाली नाली नोक्सानी गरेको घटना धेरै छ तर तुलसीपुर उपमहानरपालिका–४ राप्ति आँखा अस्पतालको ओपीडि कक्षमा भने मगंलबार घाइते अवस्थामा रतुवा (राते) फेला प¥यो ।

विहान करिव ८ बजेको समयमा सरसफाई गर्ने बेला सुतिरहेको अवस्थामा घाइते रतुवा भेटिएको राप्ति आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष सुवेदीले जानकारी दिए । करिब ४३ इन्च लम्बाई र उचाई १२ इन्च रहेको रतुवाकोको मुख, गर्धन, आँखा र शरीरको अन्य भागमा चोट लागेको छ ।

अस्पताल परिसर भित्र रतुवा फेला परेपछि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले तुलसीपुर सव डिभिजन वन कार्यालयमा सम्पर्क गरी बुझाइएको अस्पतालका निमित्त प्रशासक सालिकराम गौतमले जानकारी दिए ।


सिकार गर्दागर्दै आफ्नो ज्यान बचाउन शान्त वातावरणमा बस्न आएको हुन सक्ने अनुमान पनि गरिएको छ, भने घाँटी निरको घाउ हेर्दा कुकुर वा अन्य वन्यजन्तुको आक्रमण परेको हुन सक्ने तुलसीपुर सब डिभिजन वन कार्यालयका वन रक्षक बहादुर रेउलेलको भनाई छ ।

राप्ति आँखा अस्पतालले बिरामी हेर्ने मात्र नभई सामाजिक काम गरेको धेरै उदहारण छन् । त्यसमाथि घाइते अवस्थामा आएको रतुवालाई उपचार गरी सुरक्षित ठाउँमा राखे राम्रो काम गरेको रेन्जर सर्जन ओलीले बताए ।

वन्यजन्तु उद्दार मुचुल्का मुचुल्का लेखी राप्ति आँखा अस्पतालले विभिन्न व्यक्तिको रोहबरमा सब डिभिजन वन कार्यालय तुलसीपुरमा बुझाएको छ ।