डिभाईन टेम्पल एकेडमी र लक्ष्य एकेडेमीले मनाए विश्व वातावरण दिवस

दाङ, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा डिभाईन टेम्पल एकेडमी र लक्ष्य एकेडेमी स्कुलले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका वातावरण अभियन्ता, क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानका संयोजक बिमल रिजालले आफुले अब प्रत्येक दिन कम्तिमा एक वटा बिरुवा रोपेर हुर्काउने निर्णय लिएको प्रण गरेका छन।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -६ मा संचालित डिभाईन टेम्पल एकेडमी र लक्ष्य एकेडेमीका माबी तहका विद्यार्थीहरुले संयुक्त रूपमा राखेको वातावरण दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममामा रिजालले त्यसो भनेका हुन। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वातावरण शाखा प्रमुख माधव पौडेलले चार वटा R को पालना गरे प्लास्टिक पदूषण कम गर्न सकिने बताए। उनले भने Reduce, Refuse, Recycle र Reuse गर्न सके प्लाष्टिक बाट हुने प्रदुषण कम गर्न सकिन्छ।

त्यस्तै नेसनल प्याब्सन दाङका अध्यक्ष बिमल गौतमले विद्यार्थीलाई सानै उमेर देखि वातावरणमा प्रदुषण रोक्न सचेत बनाउने सके भबिस्यमा पछुताउन नपर्ने बिचार राखे। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका कार्वबाहक अध्यक्ष कमल डाङीले विद्यार्थीहरुको वातावरण तर्फको सचेतता देखेर खुशी भएको ब्यक्त गरे।


डिभाईन टेम्पल एकेडमीका विद्यार्थी सुलभ रावत र अनुस्का अधिकारीले पावरप्वाइन्ट बाट अहिलेको विश्व वातावरणको अवस्था र हामीले अवलम्बन गर्नु पर्ने कर्तव्य बारे आफ्नो धारणा राखेका थिए। लक्ष्य एकेडमीका विद्यार्थी रबिन भन्डारिले वातावरण संरक्षणमा हाम्रो भुमिका बिषयमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रम लक्ष्य एकेडमीका प्रीन्सिपल लोकेन्द्र बहादुर खड्काको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको अध्यक्षता डिभाईन टेम्पल एकेडमीका सस्थापक निर्देशक भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। तुलसीपुर स्थित ड्रीम्स ब्याङ्केटमा सम्पन्न कार्यक्रम डिभाईन टेम्पल एकेडमीका शिक्षक महेश लामिछानेले संचालन गरेका थिए। कार्यक्रममा अतिथिहरुलाई रुद्राक्ष र निमका बिरुवा मायोको चियोको रूपमा प्रदान गरिएको थियो। कार्यक्रममा माबि तहका १५० बढि विद्यार्थीहरु एवम् दर्जन बढी शिक्षकहरुको सहभागिता रहेको थियो।