
तुलसीपुर(दाङ), २९ जेठ ।
लुम्बिनी प्रदेश सरकारले आगामी असार १ गते सोमबारका दिन प्रदेशका चारवटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भूम्या पूजाको अवसरमा बिदा दिने निर्णय भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यद्वारा जारी सूचना अनुसार प्रदेश राजपत्रको पूर्व सूचना बमोजिम यो निर्णय गरिएको हो। उक्त बिदा लुम्बिनी प्रदेश अन्तर्गतका दाङ, रोल्पा, प्यूठान र रुकुमपूर्वमा भूम्या पूजा मनाउने रैथाने समुदायका लागि मात्र लागू हुने छ ।
विशेषगरी मगर समुदायले धर्ती माताको पूजा गरी हरेक वर्ष उत्साहका साथ मनाउने यो पर्वका लागि सरकारले स्थानीय स्तरमा बिदा दिँदै आएको छ।



लाइभदाङ । २९ जेष्ठ २०८३, शुक्रबार २२:२९ बजे