दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तुलसीपुर, १८ भदौ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका – १ चिसापानी बस्ने ४० वर्षीय राम बहादुर खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह-चालकको रूपमा कार्यरत खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।