साहित्यिक चौतारी नेपालको ८ ओैँ वार्षिकोत्सव वीरगञ्जमा

रामप्रसाद सुवेदी
वीरगञ्ज २० फाल्गुन ।
साहित्यिक चौतारी नेपालको ८ ओैं वार्षिकोत्सव वीरगञ्जमा विविध कार्यकरम गरी मनाउने भएको छ । वीरगञ्जको कुमु प्यालेसमा फाल्गुन २१ गते शनिबार कृति विमोचनसहित रचना वाचन कार्यक्रम तय भएको साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालका सातै वटा शाखाबाट प्रतिनिधिका रूपमा उपस्थित साहित्यकारका रचना वाचन, ४ वटा कृति विमोचन, अतिथि कविहरूका प्रस्तुति, स्थानिय कला संस्कृति झल्किने अनेकौँ कला प्रस्तुति,साहित्यमा अतुलनीय योगदान दिने साहित्यकारहरूलाई सम्मान र आजीवन सदस्यहरुलाई सम्मान लगायतका कार्यक्रम तय भएको साहित्यिक चौतारी नेपालका महासचिव रामप्रसाद सुवेदी संगमले जानकारी दिनुभयो ।


नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत सक्रिय साहित्यिक चौतारी नेपालका सात वटै प्रदेश शाखा देश भन्दा बाहिरका शाखाहरू र जिल्ला शाखा तथा ईकाई कमिटी गरी झण्डै ३३ वटा शाखा समिति रहेका छन् । साहित्यिक चौतारी नेपालको स्थापना २०७१ माघ २६ गते भएको हो ।।