तुलसीपुर बजारै भरि खाल्डा : आफ्नै अगाडी खाल्डा हुन्छन्, पुर्नकालागि केन्द्र सरकारलाई मुख ताकिन्छ

देवराज कडेल
तुलसीपुर, ५ असोज ।
तुलसीपुरको बजारका ठाउँ–ठाउँमा खाल्डै–खाल्डा छन् । तर, ति खाल्डा पुर्न ध्यान दिईएको छैन । तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट सीटीकालागि बजेट पनि आएको छ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले तुलसीपुर स्मार्ट सीटी भनिरहदा यी खाल्डाले गिज्याईरहेका हुन्छन् । ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन् । कतै साना खाल्डाखुल्डी छन्, भने कतै ठूला खाल्डा खुल्डी छन् ।

ति खाल्डाखुल्डी नपुर्दा शनिबार तुलसीपुर ६ निवासी रमेश चौधरीले झण्डै दुर्घटनामा परे । वीपी चोकमै परेको खाल्डामा मोटरसाईकल पर्दा झण्डै मोटरसाईकल ढलेको उनले बताए ।‘बजारबाट बाहिनी चोकतर्फ जाँदै थिएँ’, उनले भने‘विपी चोकमै खाल्डा रहेछन्, झण्डै दुर्घटनामा परेँ ।’

वीपी चोकमा मात्रै होईन्, घोराही रोडमा पनि उस्तै खाल्डा छन् । बाहिनी चोक नजिकै पनि उस्तै खाल्डा छन् । दाङ सुर्खेत सडक खण्डमा पनि उस्तै खाल्डा खुल्डी छन् । ति खाल्डाखुल्डी पुर्न स्थानीय सरकारहरु केन्द्र सरकारको मुख ताकेर बस्ने गर्छन् । भन्छन्‘यी सडक त केन्द्र सरकारको मातहतमा पर्छन्, त्यो सडक मर्मत गर्ने जिम्मा केन्द्र सरकारकै हो ।’

यस्तै भनाई हुन्थ्यो– राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजारदेखि सितलपुरसम्मका खाल्डा खुल्डी पुर्न पनि । जसले गर्दा धेरै दुर्घटना भए । आफ्नै अगाडी ठूला–ठूला खाल्डा हुन्छन्, तर, मुख केन्द्र सरकारको ताक्ने गरिन्छ । केही सामाजिक संघसंस्थाहरु तथा युवाहरुले सक्दो खाल्डा पुरे । ति संस्थाहरुलाई खाल्डा पुर्नकालागि केन्द्र सरकारले नरोक्ने तर, स्थानीय सरकारलाई केन्द्र सरकारले रोक्ने विडम्बना बन्ने गरेको सवारी चालक सुनिल बुढाथोकीले बताए ।‘जब सितलपुरदेखि तुलसीपुर बजार आउछु, त्यहाँको जस्तो झुर यात्रा कहि पनि हुन्न’, उनले भने‘बीचका खाल्डाले दुर्घटनाको जोखिम त छदैछ, सवारी चलाउन पनि निकै कठीन लाग्छ ।’ त्यो सडकमा लामो समय भयो, खाल्डा पुर्न सकिएको छैन । यी त केही उदाहरण मात्रै हुन् । हरेक संरचनाहरुको मर्मत तथा सम्भार गर्न कुनै पनि क्षेत्रमा आनाकानी हुने गरेको छ ।


तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले खाल्डाखुल्डी पुर्ने काम सुरु भइसकेको बताए । उपमहानगरपालिका भित्रका सबै खाल्डाखुल्डी पुर्न थालिएको उनको भनाई छ ।

साभार : अग्रिम साप्ताहिक

May be an image of text