तुलसीपुर
९ चैत / दाङ तुलसीपुर निवासी पत्रकार देवराज कडेँलको घरमा चोरी भएको छ ।
तुलसीपुर ९ दोघरे निवासी पत्रकार कडेलको घरमा विहीबार दिउसो चोरी भएको हो । घरबाट ५ तोला सुन,५० हजार नगद, कुमारी बैंकको एटीएम चोरी गरेका हुन् । घरमा कोही नभएको मौका छोपी पौने १ बजेतिर घर सरियाले ताल्चा खोलेर चोरी गरेको पत्रकार कडेलले बताए ।‘आमा एकैछिन छिमेकीको घरमा जानु भएको रहेछ’,उनले भने‘त्यही मौका छोपी चोरले सबै सामान चोरी गरेछ ।’
कडेलका अनुसार यस अघि पनि चोरीका प्रयास भएका थिए । यो विषयमा पटक–पटक प्रहरीलाई पनि खबर गरिएको थियो । प्रहरीले चोरी गर्नेको खोजी कार्य भइरहेको बताएको छ ।
लाइभदाङ । ९ भाद्र २०७९, बिहीबार १७:२९ बजे