तुलसीपुरमा १५ हजार विद्यार्थीलाई कोरोना खोप

तुलसीपुर
१८ माघ / दाङको तुलसीपुरमा हालसम्मम १५ हजार बढि विद्यार्थीलाई कोरोना खोप लगाईएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार सोमबार ९ हजार दुईसय ५२ र बुधबार ६ हजार १० जना गरि जम्मा १५ हजार दुईसय ६२ विद्यार्थीलाई कोरोना खोप लगााईएको हो ।

विद्यार्थीहरुलाई मोडर्ना खोप लगाईएको केसीले बताउनुभयो । उहाँका अनुसार अहिले तुलसीपुरका विद्यालय खोप लगाउनकालागि खुल्ला गरिएको छ । साथै तुलसीपुरमा हालसम्म २१ हजार एकसय १९ जनालाई मोडर्ना खोप लगाईसकिएको छ ।


त्यस्तै विदेश जानेहरुकालागि पासपोर्ट, भिसाको आधारमा जोनसन खोप लगाइने भएको छ । बुधबार राप्ती प्रादेशिक अस्पतालमा उक्त खोप लगाउन लागिएको हो । हालसम्म तुलसीपुरमा १९२ जना सक्रिय संक्रमित रहेका छन्, ५ सय ७० जनाको डिस्चार्ज भएको छ ।