प्रमोद आचार्य,
दंगीशरण, १२ जेठ ।
बिरेन्द्र नमुना माध्यामिक विद्यालय हेकुलिको आयोजनामा विद्यालयमा कार्यरत शिक्षक ,कर्मचारी तथा विद्यार्थीहरुका लागी आयोजना गरीएको एक हप्ते हस्तलेखन सुधार तालिमको बिहिबार एक कार्यक्रमकाविच समापन गरीएको छ ।
शिक्षामा उत्कृष्ट क्रियाकलप गर्दै अगाडी बढेको विद्यालयले विद्यार्थीको गहनाको रुपमा आवश्यक पर्ने हस्तलेखनको कार्यक्रमलाई अगाडी बढाएको हो । पश्चिम दाङमै नमुना विद्यालयको रुपमा परीचित विद्यालयले शैक्षिक गुणस्तरीयताको सवालमा विभिन्न शैक्षिक कार्यक्रमलाई अगाडी बढाउदै आएको छ ।
बिहीबार एक औपचारीक कार्यक्रम गरी विद्यालयले हस्तलेखन तालिमको समापन गरेको हो । तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सम्भु गिरीले अहिलेको प्रविधि अनुसार विद्यार्थीले प्रविधियुक्त शिक्षा पाउनुपर्ने बताउनुभयो ।
अहिलेको समयमा समयानुकूल प्रविधीसङ्ग चल्न शिक्षकहरुलाई आग्रह समेत गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास समितीका संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष रोशन जंग शाहले विद्यार्थीहरु मिहिनेतका साथ आफ्नो लक्ष्य प्राप्तीका लागी अगाडी बढ्नु पर्ने बताउनुभयो ।
कक्षा १० का विद्यार्थीहरुलाई उनीहरुको रुचि र मागअनुसार हस्तलेखन तालिमको आयोजना गरीएको विद्यालयका प्र.अ. खिमराज खनालले बताउनुभयो । प्र.अ.खनालले पालिकाले शिक्षा प्रती गरेको कार्यप्रती प्रसंशा गर्दै पालिकाले शिक्षामा गरेको उत्कृष्ट काम प्रती खुसी ब्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा हस्तलेखन तालिम अबधिभर उत्कृष्ट हस्तलेखन लिख्ने विद्यार्थीहरुलाई पुरुषकृत समेत गरीएको थियो । विद्यालयका प्र.अ. खिमराज खनालको सभापतीत्व,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता,तथा सामाजिक विकास समितीका सयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष रोशन जंग साहको विशिष्ट आथित्यतामा ५ दिने हस्तलेखन तालिमको समापन गरीएको हो ।
लाइभदाङ । १२ जेष्ठ २०८०, शुक्रबार ०७:४७ बजे