वन संरक्षण गर्ने दायित्व उपभोक्ताहरुको हो : वडा अध्यक्ष चौधरी

बगरापुर- सगरापुर सामुदायिक वनको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशन ओमप्रकाश गुप्ता सिसहनियाँ ७ चैत । राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरीले वन संरक्षण गर्ने मुख्य दायित्व उपभोक्ताहरुको रहेको बताएका छन् । सोमवार राप्ती गाउँपालिका ६ बगरापुरमा आयोजित बगरापुर- सगरापुर सामुदायिक वन उपभोक्ता समूहको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेको वडा अध्यक्ष चौधरीले वनलाई कस्तो बनाउने भन्ने कुरा पनि उपभोक्ताको हातमा रहेको बताए । वन जंगल भए मात्र मानव जिवन रहने भएकाले वन संरक्षणमा लाग्न र वन डढेलो हुन नदिन पनि सवैलाई सचेत गराएका छन् । त्यसै गरी कार्यक्रममा राप्ती सव डिभिजन वन कार्यालयका फरेस्टर बहादुर केसीले वन संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेको बताए । त्यसै गरी उनले वन क्षेत्रको विकासका लागि विभिन्न संघ संस्था सँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।


समुहका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक तथा आर्थिक प्रतिवेदन समुहको सचिव हरिप्रसाद चौधरीले प्रस्तुत गरेका थिए । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य कृष्णकुमार चौधरी, सगरापुर- बगरापुर गाउँ अगुवा विसम्बर चौधरी, पत्थरगढवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पवनकुमार चौधरी, शिक्षाप्रेमी देवनारायण चौधरी, नर्ती सामुदायिक वन समन्वय समितिका सदस्य भिमावती चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समुहका कोषाध्यक्ष बसन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहका सल्लाहकार हरिचन्द्र चौधरीले गरेका थिए । यसै बीच आजै भएको अधिवेशनको बन्दसत्रले पुन प्रेमलाल चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामरती चौधरी, सचिवमा हरिप्रसाद चौधरी, कोषाध्यक्षमा बसन्ती चौधरी रहेका छन् । त्यसै गरि सदस्यहरुमा पुरनप्रसाद चौधरी, अनिता गौतम, कमला चौधरी, तिर्थदेवी चौधरी र ओमकुमार चौधरी रहेका छन् ।