रजौरा महायज्ञमा शुक्रवार १ लाख २८ हजार आर्थिक संकलन

दाङ, २० चैत । दाङ दाङको तुलसीपुर ६ शिवशक्ति टोल पूर्वी रजौरामा मंगलबारदेखि जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आकर्षण बढ्दै गएको छ ।

शिवशक्ति टोल विकास संस्था तथा शिवशक्ति पशुपति नाथ मन्दिरको आयोजनामा सुरु भएको महायज्ञको चौथो दिन आर्थिक सहयोगमा पनि थप बृद्धि भएको महायज्ञ व्यवस्थापक तिलकराम शर्माले जानकारी दिनुभयो ।

महायज्ञको दोस्रो दिन नगद ४२ हजार ८९१ रुपौंया, तेस्रो दिन ९२ हजार ९५० र आज चौथो दिन बढेर नगद १ लाख २८ हजार आर्थिक संकलन भएको व्यवस्थापक शर्माको भनाई छ ।


यही चैत २४ गतेसम्म जारी हुने महायज्ञका प्रमुख कथावाचक सुप्रसिद्ध पण्डित चन्द्रकान्त काफ्ले र उपवाचक पण्डित रोहित सुवेदी रहेका छन् । मन्दिर परिसरमा रहेको योग भवनको भौतिक पूर्वाधार विकास निर्माण तथा सर्वाङ्गिण विकासका लागि महायज्ञको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

आजका प्रमुख अतिथि सोही वडास्थित सरस्वती टोल विकास संस्थाका पूर्व अध्यक्ष महेन्द्र शर्मासहित २ सय बढि भक्तालुहरुको सहभागिता रहेको छ ।