दलित मुक्ती मोर्चा बंगलाचुलीको अध्यक्षमा खेतुलाल

दाङ,९ जेठ । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा बंगलाचुलीको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । बंगलाचुली ३ कमिरेचौरमा भएको भेलाले खेतुलाल बिकको अध्यक्षतामा २९ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ ।

पार्टीका जिल्ला संयोजक सुवास पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,मोर्चाका केन्द्रिय सल्लाहकार झपेन्द्र परियार ,केन्द्रिय सदस्यहरु राजु परियार,हिरा सुनार ( सारथी ), प्रदेश सल्लाहकार गुमाणसिङ बिक,प्रदेश सदस्य मन्जु बिक र दाङ जिल्ला सचीव अर्जुन परियारको उपस्थिति रहेको थियो।


खेतुलाल बिकको अध्यक्षतामा भएको कार्यक्रममा थम्मन बिकले स्वागत मन्तव्य राखेका थिए, भने सहजीकरण सचिब श्यामलाल नेपालीले गरेका थिए ।