
अनिल अधिकारी
दाङ, १८ जेठ ।
वीपी विचार राष्ट्रिय समाजको क्षेत्रीय सम्मेलन एक कार्यक्रम बिच सम्पन्न भएको छ । दाङ जिल्ला निर्वाचन क्षेत्र नं.३ को सम्मेलन तुलसीपुरको वीपी वाटीकामा सम्पन्न भएको हो । वीपीका विचार जनमानस समक्ष पुर्याउने उद्देश्यले क्षेत्रीय सम्मेलन गरीएको आयोजकले जनाएको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको वीपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति दाङले संगठन विस्तार अभियान अन्तरगत दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३को क्षेत्रीय सम्मेलन सम्पन्न गरेको र छिट्टै दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र २ को सम्मेलन गर्ने तयारीमा आफुहरु जुटेको अध्यक्ष रुपलाल वस्नेतले जानकारी दिए।
क्षेत्रीय सम्मेलनका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गेहेन्द्र गिरीले सम्मेलनको पूर्ण सफलताको कामना गर्दे सम्मेलन वाट सर्वसम्मत निर्वाचित कार्यसमिति लाई वधाई दिदै तन मन र वचनले आफुले पाएको जिम्मेवारी निर्वाह गर्न आग्रह समेत गरे ।
दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३को क्षेत्रीय सम्मेलन वाट सभापतिमा मोहनलाल के.सी, उपसभापतिमा गोपाल प्रसाद शर्मा, सचिवमा डिलाराम खराल, कोषाध्यक्षमा मन्दाकिनी वस्नेत र सदस्यमा दिपा खत्री सर्वसम्मत निर्वाचित भएको अध्यक्ष वस्नेतले जानकारी दिएका छन् ।
सम्मेलनका अतिथि एवं वक्ताका रुपमा रहेका नेपाली कांग्रेस दाङका पूर्व सभापति घनश्याम रेग्मी, भरत के.सी, श्यामकुमार रेग्मी, सुरेन्द्र खड्का, वमवहादुर डिसी, जोगेन्द्र विश्वकर्मा,अमर खड्का र देवेन्द्र रिजाल समेतले सर्वसम्मत निर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै गाउँ,वस्ति अनी घर–घरमा महामानव विशेश्वरप्रसाद कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको महत्व वुझाउन र नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियानमा हातेमालो गर्दै अगाडी वड्न आग्रह समेत गरे।
वीपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति दाङका अध्यक्ष रूपलाल वस्नेतको सभापतीत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेका केन्द्रिय सदस्य गेहेन्द्र गिरी रहेका थिए। समाजका जिल्ला उपसभापति दुर्गा भण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन यज्ञमुर्ती गौतमले गरेका थिए ।



लाइभदाङ । १९ जेष्ठ २०८२, आईतवार १४:३५ बजे