लागुऔषध मुद्दामा फरार रहेका तुलसीपुरका पुरि पक्राउ

तुलसीपुर
४ असोज / लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

सर्वोच्च अदालतका २०७४ मंसिर १९ गते लागुऔषध मुद्दामा ३ बर्ष ९ महिना ३ दिन कैद सजाय फैसला भई हाल फरार रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ४१ बर्षीय राजन भन्ने शुनिल पुरिलाई पक्राउ गरिएको हो ।


उनलाई असोज १ गते बेलुका ५ बजेतिर तुलसीपुर ५ मा लुकिछिपी बसिरहेको अबस्थामा फेला पारि पक्राउ गरिएको हो । उनलाई आज दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'