युवा संघ दाङले नारा लगाउँदै भन्यो : ‘प्रहरी दमन मुर्दावाद !’

तुलसीपुर
२२ साउन / युवा संघ नेपाल दाङले तुलसीपुरमा मोटरसाईकल ¥याली निकालेको छ ।

उपाध्यक्ष हरिष गिरी माथि तुलसीपुर ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक झलक शर्माले दुव्र्यबहार गरेको भन्दै उनीमाथि कारवाहीको माग गर्दै ¥याली निकालिएको हो । शुक्रबार निकालिएको ¥यालीमा ‘प्रहरी दमन मुर्दावाद ! ’ को नारा लगाईएको थियो ।


¥याली वीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यस क्रममा युवा संघ नेपाल दाङका अध्यक्ष प्रेम वुढाले प्रहरीले सचेत युवामाथि दुव्र्यबहार गर्नु निन्दनीय कार्य रहेको बताएका थिए । प्रहरी मेरो साथीको नारालाई आत्मसात गर्न पनि अनुरोध गरे ।

त्यस अवसरमा उपाध्यक्ष गिरीले प्रहरीले तत्काल प्रहरी निरीक्षक शर्मामाथि कारवाही नगरिए दोस्रो चरणको कडा आन्दोलन गर्ने समेत चेतावनी दिए । त्यस अवसरमा अनेरास्ववियुका जिल्ला संयोजक रविन्द्र डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कोणसभाको सहजीकरण सचिब सन्तोष वलीले गरेका थिए ।