
काठमाडौँ, १३ पुस ।
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। उनको शुक्रबार राति ‘हार्ट अट्याक’का कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा उनलाई शुक्रबार राति हार्ट अट्याक भएको थियो। उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो।तर लानेबित्तिक चिकित्सकले मृत घोषणा गरे।
विदेशमा रहेका छोरा आईपछि उनको आइतबार मात्रै अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ। २०१० सालमा गोरखाको खोप्लाङमा जन्मिएका ७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्।



लाइभदाङ । १३ पुष २०८१, शनिबार १४:५९ बजे