स्यानीले बर्षेनी दिन्छिन, सयौं गरीब विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर,२३ वैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.६ डुम्रीगाउँ स्थित दिदी घर संस्थाले बर्षेनी डेढसय जति गरीब विद्यार्थीलाई बर्षेनी शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

यस बर्ष पनि तुलसीपुर उपमहानगरपालिका भित्रका अति विपन्न तथा गरीब विद्यार्थीहरुलाई एक दर्जन कपी र एक दर्जन कलम सहयोग गरिएको हो । आर्थिक अभाबकै कारण कोही पनि विद्यार्थीहरु पठन-पाठनबाट बञ्चित नहोउन्, भन्दै प्रत्येक बर्ष सहयोग गर्ने गरेको दिदी घर संस्थाका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन् ।

उनले विगत एक दशकदेखि यसरी विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएको बताईन् । यसरी आफूले पढाएका विद्यार्थीहरु धेरैले डीग्री अध्ययन गरिसकेको बताईन् । केही त जागिरे पनि भइसकेका छन् ।


संस्थाले आफै पनि ३२ जना साहाराविहीन बालबालिकाहरुलाई आश्रय दिएर पठन-पाठन गरिरहेका छ । आफ्नो जीवनमा ति बालबालिकाहरुलाई नै छोराछोरी बनाएर राख्ने योजना रहेको स्यानीले बताइन् ।