हरिपौरी माविको विब्यस बदर, नयाँ गठन गर्न अदालतको आदेश

तुलसीपुर,१३ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित हरिपौरी माध्यामिक विद्यालयको नयाँ विद्यालय ब्यबस्थापन समिति गठन कार्यलाई उच्च अदालत तुलसीपुरले बदर गरेको छ । मंगलबार पुनः अभिभावक भेला बोलाएर विद्यालय ब्यबस्थापन गठन गर्न आदेश गरेको हो ।
यस अघि २७ माघमा एमालेका खगेन्द्र अधिकारीलाई विद्यालय ब्यबस्थापन समिति अध्यक्ष चयन गरिएको थियो । तर, त्यो विवादित बनेको थियो ।

९ जना प्रतिनिधि मध्ये पाँच जनाले हस्ताक्षर गरेर अध्यक्ष चयन गरिएको हो । तर, सदस्य सचिबले माइन्यूट उठाउनु पर्नेमा नबनिर्वाचित अध्यक्ष अधिकारी आफैले माइन्यूट उठाएर आफैलाई अध्यक्ष निर्वाचित घोषणा गरेको भन्दै त्यतिबेलै विवाद उत्पन्न भएको थियो ।
तत्कालिन अबस्थामा विद्यालयका प्रधानाध्यापक रुद्र डाँगीले माइन्यूट उठाउनु पर्ने हो । तर, एमालेका प्रतिनिधि अधिकारीले आफै माइन्यूट उठाएर आफैलाई अध्यक्ष चयन गरेपछि आपत्ति अध्यक्षका अर्का प्रत्यासी माओवादी केन्द्रका शम्भु रेग्मीले बताए ।
काँग्रेस,एमाले, विप्लवका प्रतिनिधिले समर्थन गरेर अधिकारीलाई अध्यक्ष बनाएका हुन् ।

९ जना प्रतिनिधिमध्ये काँग्रेसका लक्ष्मी चौधरी, विप्लवका सीता वली, एमालेका शिला दाहाल, काँग्रेसका कुसुम आचार्यले समर्थन गरेपछि अधिकारी अध्यक्ष बनेका हुन् । त्यसको यसको विपक्षमा निवर्तमान अध्यक्ष रेग्मीसहित सदस्य सचिब डाँगी, वडाध्यक्ष खुसीराम चौधरी, शिक्षक प्रतिनिधि मानबहादुर डाँगी थिए । उनीहरुले रेग्मीलाई नै पुनः अध्यक्ष बनाउनु पर्ने अडान लिएका थिए ।


अधिकारीलाई अध्यक्ष निर्वाचित गरेपछि रेग्मीले माइन्यूटमा असहमति दर्ज गर्न खोजेका थिए । तर, अधिकारीले असहमति दर्ज गर्न नदिएपछि उनी आक्रोसित बनेका थिए । विद्यालयका ३०० भन्दा बढि अभिभावक मध्ये एक सयको हाराहारीमा मात्रै अभिभावक सहभागि थिए ।
त्यस्तै केही गैर अभिभावक रहेको उनीहरुको भनाई थियो । सिला दाहाल र कुसुम आचार्य गैर अभिभावक रहेको निवर्तमान अध्यक्ष रेग्मीले बताए ।