जीवन यात्रा : व्यबसायी नरेश राजभण्डारीको यो यात्रा…

सामाजिक तथा व्यबसायीक क्षेत्रमा क्रियाशिल एउटा नाम हो – नरेशराज भण्डारी । उनी तुलसीपुरका चर्चित व्यबसायी हुन् । उनी लामो समयदेखि तुलसीपुरमा बिभिन्न व्यबसायमा आबद्ध हुँदै आएका छन् । २०२५ कात्तिक १० गते शनिवार प्युठान भिँग्रि हाल स्वर्गद्वारी नगरपालिका २ मा उनको जन्म भयो । परिवार मा बुवा हुनुहुन्छ दाई भाउजु अनी मेरो श्रीमति, भतिज २, भतिज बुहारी १ र मेरो २ छोरा छन् ।

उनले थाहा पाउँदा देखि उनको परिवार आर्थिक रुपले त्यतिे कम्जोर भने थिएन, किनकी त्यतिबेला परिवार व्यबसायीक रुपमा स्थापित भइसकेको थियो । त्यो भन्दा अघि धेरै संघर्ष गर्नु परेको थियो । उनका वुवाआमाले भने अनुसार धेरै ठाउँमा पसल सार्दै हिड्नु पर्ने अबस्था थियो ।

वाल्यकाल का रमाइलो घटना
बाल्यकालका रमाईला घटनाहरु धेरै छन् । जीवन भनेकै त्यही हो, जस्तो लाग्छ ।
म ६ क्लास मा पढ्दा नृत्य र स्काउटमा सहभागी थिएँ, राजा विरेन्द्र र रानी ऐश्वर्यको स्वर्गद्वारीमा सवारी भएको थियो । हामी सलामी दिन हेलिकप्टर ल्याण्ड गर्ने छेउमै उभिएको थेउ हेलिकप्टर बस्दा हवाले उडाउदा म जमिनमा सुतेको थिएँ म त्यो पल सधै सम्झिन्छु । ९ बजेको सलामी हामी राति ४ बजे नै जँगल को बाटो रमाउदै पुगेका थियौं ।

पढाई बीचमै छोड्नु परेको थियो
मेरो शिक्षा अधुरो नै रह्यो । म आईकम दोश्रो बर्षको २ वटा पेपर दिएर छोड्नुपरेको थियो । मैले अध्ययन महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा गरेको थिएँ ।

सामाजिक कार्यमा नियमित सक्रिय
म २०५४ सालमा नेवार समाजको कार्यसमिति सदस्य भएर लगातार कार्यसमितिमा रहेर काम गरेँ । त्यसपछि २०७५ सालमा अध्यक्ष पदमा रही काम गरेँ । २०७८ मा म तुलसीपुर उद्योग बाणिज्य संघको महासचिब लड्ने तयारी गरिरहेको अबस्थामा मलाई अन्याय भयो । अहिले म तुलसीपुर उद्योग वाणिज्य संघको पडा ब्याबसायि उपसमिति संयोजक छु । यो समितिमा म लगातार तीन कार्यकाल काम गरेको व्यक्ती हुँ । २०५७ सालमा तुलसीपुरमा पहिलो पटक भित्रिएको रोटरी क्लब अफ तुलसीपुर सदस्य थिएँ । नेवा देय् दवूको जिल्ला उपाध्यक्ष छु । आदिवासी जनजाति महासंघको तुलसीपुर नगरको अध्यक्ष छु । लायन्स क्लब अफ दाङको सदस्य छु । दाङ्ग–प्युठान स्वर्गद्वारी सरोकार मञ्चको जिल्ला सल्लाहकार छु । भानुभक्त टोलको सदस्य छु । राप्ती बबई क्याम्पसको सदस्य छु ।

जीवनमा आफूलाई खुसी लाग्ने काम
म आफ्नो जिम्मेवारीप्रति एकदमै प्रतिबद्ध हुन्छ । जसले गर्दा मैले जे जिम्मेवारी पाएको छु, सम्बन्धित समुदाय र ब्याबसायीको सल्लाह सुझाव अनुसार काम गरेकोले खुसी हुनुहुन्छ । त्यही नै मेरो खुसी हो ।
तुलसीपुरमा ब्याबसायिक रुपमा स्थापित हुन सकेको त्यसमा पनि म खुसी नै छु । त्यस्तै भिँग्रेली भिलेज रिसोर्टलाई स्थापित गर्नलाई ठुलो भूमिका रह्यो । जन्मथलो भिंग्रिमा आफ्नै जमिनमा वाउन्डरी सहितको सर्वसम्पन १ हल ५ कोठा सहित धर्मसाला निर्माण गरि हस्तान्तरण गरेको थिए ।

अर्कोतर्फ हामी विद्यार्थी समयमा क्याम्पसबाट एकपटक शैक्षिक भ्रमणमा गएका थियौं । कृष्ण जन्माष्टमी लगत्तै रातिमा बटुकी नाच नाच्ने प्रचलन थियो । रातिमा त्यही नाच देखाएर पैसा संकलन गरी लुम्बिनी,पाल्पा, पोखरा, गोरखा भ्रमण गर्दा निकै खुसी भएको थिएँ ।

जीवनका संघर्ष
भन्दा धेरै लामो हुन्छ । जीवनका धेरै संघर्षहरु छन् । मैले पढ्न पाएन,धेरै पछुतो लागेको छ । आईकम दोस्रो बर्षको दोस्रो पेपर दिदै गर्दा घरव्यवहार धान्ने मेरो दाई बिमारी भएपछि जाँच दिन पाएन । घरव्यवहार धान्ने जिम्मा मेरो काधमा आयो र पढाई छुट्यो । घरव्यवहार ब्यबस्थापन गर्नु धेरै अप्ठ्यारो थियो । ईज्जत जोगाउन धौ–धौ प¥यो । त्यसलाई ट्रयाकमा ल्याउन र ब्यापार सिक्न म विवाह गरेको केही महिना मै सल्यानको थारमारे गएँ । जहा मोटरबाटो बन्दै थियो । त्यहाँ ठीक २ बर्ष ब्यापार गर्दागर्दै माओवादी जनयुद्धको चपेटामा परियो । बागचौर घटनामा म प्रतेयक्षदर्शी थिएँ । जहाँ वडा अध्यक्ष सहित ३ जनाको हत्या भएको थियो । म भाग्दै गर्दा म माथि पनि ४ राउन्ड हवाई फायर चलेको थियो । मेरो होस् कहाँबाट आयो आत्मसमर्पण गरे र बेचेपछि तत्काल नै सबै ब्याबसाय बन्द गरेर तुलसीपुर झरेको हुँ, यो मेरो दोस्रो जीवन हो । यहाँ आईसकेपछि धेरै अप्ठ्यारोसँग जुझे । ठाउँमा पसल सार्नुप¥यो । धेरै संघर्षपछि मात्र स्थापित हुन सकेको हुँ ।


पेट्रोलियम वा हार्डवयेर व्यबसायी बन्ने इच्छा थियो
जिवनको लक्ष्य राम्रो पेट्रोलियम ब्याबसायी या हार्डवेयर ब्याबसायी बन्ने थियो । मान्छेले आ–आफ्नो भोगाई अनुसार विश्लेषण गर्ने गर्दछन् । म यो मेसिन हो जसलाई प्रयोगमा धेरै भन्दा धेरै प्रतिफल लिने हो । जस्को साथसाथै मर्मत सम्भार भई नै रहनुपर्छ जुन टिकाउ पनि हुन्छ, चल्छ पनि । तर, नयाँ भएर पनि चलाएमान भएन भने त्यो समय अनुकुल काम लाग्दैन जीबन पनि त्यस्तै हो । सधै चलायमान हुनुपर्छ । कर्मसिल बनाउनुपर्छ, राम्रो हुन्छ । त्यसपछि सफल जीवन बन्छ । यही नै जीवन हो ।

बाँकी जीवन कसरी विताउने ?
बाकी जीवन कसरी बिताउने भन्नुभयो, यो जहाँ सम्म मेरो कुरा गर्दा म एक्लै छैन् । एक्लो हुन्थेँ भने अर्कै हुनसक्थ्यो । मरो जीवनको कुरा गर्दा मेरो श्रीमती छोराहरुको कुरा आउँछ उहाँहरुको कारण पनि भावी जिवनको गोरेटो कस्तो छ । अझै ४/५ बर्ष ठ्याक्कै भन्न सक्दिन तर मेरो ईच्क्षा भावी जिवन सामाजिक कार्य गरेर बिताउने रहर छ ।

तुलसीपुर उद्योग बाणिज्य संघमा उपाध्यक्षको उम्मेदवार

हाल उनी तुलसीपुर उद्योग बाणिज्य स‌ंघको उपाध्यक्षको उम्मेदवार छन् । उनले व्यबसायिक हकहितकालागि उम्मेदवारी दिएको बताएका छन् ।

 

( नरेशराज भण्डारीसंग कुराकानीका आधारमा तयार पारिएको सामग्री ।) साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person and text that says 'विचार विमर्श 2021 Monday अगिम www.livedang.com सम्पादकीय... निर्माण कार्यमा ढिलासुस्ती व्यहोर्ने मानविय क्षति निर्माण कार्यमा ढिलाई पटक-पटक मानविय क्षति व्यबहारनुं रेकोछ त्यसमा ताकता निर्माण व्यबसायीले गर्दा घोराही, तुलसीपुर चारलन अन्तगत प्रसेनीको खाल्डोमा दुर्घटना भयो देवराजकडेल जीवन यात्रा व्यवसायी नरेश राजभण्डारीको यो यात्रा क्रेयाशिल अबस्थामा त्यो खाल्डो अन्तर्गत त्यस्ता यूप्रै खाल्डाहर थिए भइसकेपछि बाल्डा निर्माण भएको निर्माण केही भए साधन नभएकै नातागोताकै ज्यान गुमाउनु निर्माण कार्य ढिलासुस्ती यसरी निर्माण ढिला परेको यसरी मानिसको सिक्न गर्दा पनि परिरहेकै सम्यन्ित लेकोचियो गुमाउनु नभएपनि नियमक निकायहर व्यवसायी नयॉलाई कारवाही गन ढिलासुस्ती Tole निकायले त्यसैले तत्काल देखिन्छ विकासमा निर्माणको सबैले कानुनी सुधारदेखि दबाब दिओ'