
तुलसीपुर, ३० जेठ ।
दाङको राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुशन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिका भित्रको वातावरण प्रर्दुशनको अबस्थाका बारेमा थाहा दिन्छ ।
त्यसले गर्दा वातावरण संरक्षण, वृक्षारोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्य सम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाई छ । “हाल पालिका भित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ, भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ”,उनले भने “जसले गर्दा हामीलाई सहज भएको छ ।”उक्त यन्त्रले २४ घण्टनै वातावरणको निगरानी गर्ने गर्दछ ।
करिब एक करोड मूल्य बराबरको उक्त मेसिन संघीय सरकारले जडान गरेको हो । जुन यन्त्र मोफसलमा राप्ती गाउँपालिकाले मात्रै जडान गरेको छ । थप समाचार कमेन्टमा दुई बर्ष अघि जडान गरिएको अध्यक्ष विष्टले बताए ।



लाइभदाङ । ३० जेष्ठ २०८३, शनिबार ०४:५६ बजे