भुवन गुरु : जो विदेशका महायज्ञमा पनि भाग लिन्छन्

कपिलबस्तुको बानगगा नगरपालिका वडा नं. ३ निवासी व्यासाचार्य श्रध्ये भुवन गुरुलाई ‘गुरु’ बन्ने लक्ष्य विद्यार्थी कालदेखि नै थियो । ‘एक दिन गुरुले भबिष्यमा को के बन्ने भनेर प्रश्न सोध्नु भयो’, विद्यार्थी जीवन सम्झिदै उनले भने‘ त्यतिबेला धेरै साथीहरुले कोही डाक्टर बन्छु, कोही पाइलट बन्छु भन्नुभयो, तर मैले म विद्धान बन्न चहान्छु, ता की मेरो विद्धताले राज्यलाई पनि सहयोग पु¥याओस र संसारलाई शान्ति प्रदान गर्न सकुँ, भनेर भनेको थिएँ ।’ उनले स्कुल पढ्दा जे बन्छु, भनेका थिए, उनको कर्म अहिले त्यही छ । उनलाई महापुरण, महायज्ञकालागि देशभित्र मात्रै होईन्, विदेशबाट पनि उतिकै माग हुने गरेको छ ।

उनी यो पेशामा सक्रिय भएको १३ बर्ष भयो । यो बीचमा हंकङ,बेलजिएम, नर्वे, जर्मनलगायतका देशमा गएका छन् । विदेश स्थित नेपालीहरुलाई पटक–पटक बोलाउने गर्छन् । भन्छन्‘विदेशमा २÷३ दिन भन्दा धेरै समय बसाई भएको छैन ।’ उनले पनि नेपालका बिभिन्न जिल्लाका ६० वटा महायज्ञ तथा महापुराणमा भाग लिएका छन् ।

उनले गुरुकुलमा ७ बर्ष अध्यन र सरकारी विद्यालयबाट एसएलसी पास गरेपछि सांस्कृतमा भागवताचार्य गरेका हुन् । त्यति मात्रै होईन्, उनी लोक, आधुनिक, कलासिकल, सास्त्रीलगायतमा पनि उत्तिकै पोख्त छन् । पछिल्लो पुस्ताका निकै लोकपृय गुरु भएका उनी क्रान्तिकारी सोँच राख्छन् । भन्छन्‘नेपाल धर्म संस्कृतिमा निकै अगाडी छ, यसलाइ विश्वभर चिनाउन आबश्यक छ ।’

हाम्रा रितिरिवाज, परम्पराहरु, चाडपर्वहरुलाई विश्व समुदायको संस्कृतिको पर्वका रुपमा विकसित गर्नुपर्ने उनी तर्क राख्छन् । दशै तिहारलाई हिन्दू नेपालीहरुको महान पर्व भनिन्छ । तर, यसलाई विश्व समुदायको महानपर्व बनाउनु पर्ने उनको मान्यता छ । तिजलाई पनि हिन्दू महिलाहरुको महानपर्व भनिने गरेको भन्दै यस्लाई पनि विश्वभरका महिलाहरुको महानपर्व बनाउनु पर्ने उनको भनाई छ । यसलाई विश्व समुदायमा चिनाउनकालागि राज्यले ध्यान दिनुपर्ने समेत उनले बताए ।

भारतले सुरु गरेको योग दिवस अहिले विश्वभर मनाउने गर्छन्, त्यस्तै नेपालका पनि जुन ठूला–ठूला सभ्यताहरु छन्, यी सभ्यताहरुलाई विश्वसामु चिनाउन सक्यौ भने विश्वले नै अनुशरण गर्न सक्छ । जस्तै नेपालमा राखी बाध्ने, दशैमा टिका लगाउने प्रचलनहरु छन् । यी प्रचलनहरु बैज्ञानिक छन् । हामीले पर्वभित्रको विज्ञानलाई खोजेर विश्वले अनुसर गर्न लायक बनाउनु पर्छ । जस्तै अष्ट्रेलियमा ऋषि सुस्रुतको मुर्ति स्थापना गरिएको छ । ऋषिको जन्म भएको नेपाल हो । यो कुरा विदेशले बुझेको छ, तर नेपालले बुझ्न सकेको छैन । यस भित्रको विज्ञानलाई खोजेर हामीले विश्वले मान्ने बनाउन सक्छौं ।

अहिले बलात्कारका घटना बढिरहेका छन् । परम्परादेखि नारीको अपमान नहोस्, भनी राखी बाध्ने चलन छ, दिदी भाईले तिहारमा टिका लगाउने चलन छ । यो परम्पराको मुख्य ध्यये दिदी भाईमा कुदृष्टिले हेर्ने प्रबृति नहोस् । ‘ पाप भनेको कानुन हो । त्यही कानुनमा बाँध्न हाम्रा परम्पराले भूमिका खेलेका छन्’, उनी भन्छन्‘यस्ता परम्परालाई हामीले विश्वव्यापी ग¥यौं, भने महिला हिंसा न्यूनिकरण हुन्छन् ।’


धर्म, चाडपर्वलाई विज्ञानसंग जोड्न सकिने उनी बताउछन् । महायज्ञ, महापुरणहरुलाई समाज रुपान्तरणको एउटा माध्यम भएको पनि उनको बुझाई छ ।‘हामीले दिने शिक्षामा समाज निर्भर हुन्छ, हामीले जस्तो संस्कार दिन्छौं, जस्तो शिक्षा दिन्छौं, समाजले पनि उस्तै शिक्षा लिन्छ’, उनले भने‘अहिले समाजमा बिभिन्न किसिमका बिकृतिहरु छन्, यी विकृतिहरु हटाउनकालागि हामीले महापुरण, महायज्ञ मार्फत सकारात्मक शिक्षा दिन सक्छौं ।’ आफू यही सामाजिक रुपान्तरणको अभियानमा लागेको समेत उनको भनाई छ ।

प्राय ः महायज्ञ, महापूरणहरु केही मनोरञ्जनकालागि लगाउने गरिएको छ, भने कही आर्थिक संकलनकालागि लगाउने गरिएको छ । तर, यी दुवै कुरा सहायक भएको उनी बताउछन् । भन्छन्‘मनोरञ्जन र आर्थिक संकलन एउटा पाटो होला, तर, यी दुबै कुरा सहायक हुन् ।’ उनले यस्ता महापूराण, महायज्ञहरु ज्ञान, ध्यानकालागि लगाउनु पर्ने र यसैमा जोड दिनुपर्ने बताए । बिभिन्न जिल्ला तथा देशमा पुगेका उनी सात दिन दाङको तुलसीपुर ९ बेलुवा स्थित राजनीतिज्ञ यज्ञबहादुर केसीको घरमा भएको महायज्ञमा ७ दिन कथा बाचन गरेका थिए ।

उनी आफ्नो माग अनुसार बिभिन्न जिल्लामा जाने गर्छन । पछिल्लो समय महायज्ञ लगाउने सन्दर्भमा बिकृति पनि फैलिएको कुरा उनी स्वीकार गर्छन् ।‘महायज्ञ, महापूराण लगाउने सन्दर्भमा पनि धेरै कुराहरु बिकृति फैलिएका छन्, अयोग्य व्यक्तीहरु पनि गुरु हुने, धन आर्जनकालागि मात्रै महायज्ञ लगाउने जस्ता प्रबृति बढेका छन्’,उनले भने‘ हामीले ज्ञानले भिजाउने हो, भक्तजनहरुको जीवनमा मेल खाएर प्रभाबित भएपनि स्वतस्फुर्त रुपमा दान दिएपनि लिने हो, जबरजस्ती लिने होईन् ।’ उनले आफूले यसरी विग्रिदै गएको प्रबृतिलाई सुधार गर्ने अभियानमा लागेको पनि बताउछन् ।

‘नेपाल धार्मिक रुपमा अघि छ’
नेपालका धार्मिक सम्पदाहरुको प्रचार प्रसार कम छ । त्यसले गर्दा पनि नेपाल पछि परेको उनको बुझाई छ । ‘ गोदावरी कुन्ड हाम्रै ललितपुरमा छ, त्यो पौरानिक कुण्ड रहेछ’, उनले भने‘तर, हामी गोदावरी खोज्दै भारत जान्छौं ।’ नेपालमा शिवसर्किटसंग जोडिएका विषयबस्तुहरु धेरै रहेको भन्दै यसको प्रचार आबश्यक रहेको उनको भनाई छ । प्रचार गरेर विश्वमा पु¥याएमा नेपाल धार्मिक सम्पदाहरुकै कारण आत्म निर्भर बन्ने अबस्था छ । पर्यटकीय हिसाबले नेपाल विश्वकै गन्तब्य बन्न सक्छ । त्यसकालागि राज्यले उचित व्यबस्थापन गर्नुपर्ने उनी बताउछन् । प्रस्तुती : देवराज कडेल

साभार : अग्रिम साप्ताहिक

May be an image of 2 people, people standing and text