तुलसीपुर १ का बालबालिकालाई हिंसा न्यूनिकरण कार्यक्रम

तुलसीपुर, २९ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१ का विद्यार्थीहरुलाई बालबालिका सम्बन्धि हिंसा न्यूनिकरण तथा सचेतिकरण कार्यक्रम प्रदान गरिएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपािलका वडा नं. १ को आर्थिक सहयोग तथा अग्रिम साप्ताहिकको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । वडाध्यक्ष हुमकान्त सापकोटाको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रहरी नायब उपरीक्षक पराजुली र अधिबक्ता मिनराज वलीले प्रशिक्षण दिएका थिए । बाल विवाह गर्न नहुँने, बाल श्रम, बाल अधिकारलगायतका बिषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।


वडा सदस्य ओवी वली केसीले स्वागत मन्तब्य तथा वडा सचिब होमजंग विकले विषयबस्तुमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण अग्रिम साप्ताहिकका प्रकाशक दीपक बोहराले गरेका थिए ।

कार्यक्रममा तुलसीपुर १ का बिभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।