
दाङ,३० जेठ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट चालु आर्थिक वर्षको बैशाख महीनामा ८ सय बढि विरामीले छाला तथा यौन सम्वन्धि रोगको उपचार सेवा पाएका छन् । छाला रोग विशेषज्ञद्वय डा। सविना सिटौला र छेरीङ डोल्मा गुरुङ नेतृत्वमा नर्श र स्वास्थ्यकर्मिहरुकोे टोलिले विरामीहरुको उपचार गर्दै आइरहेको छ ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार बैशाख महीनामा ८ सय २० जनाले ओपिडि सेवामार्फत छाला तथा यौन रोगको उपचार प्राप्त गरेका छन् । यो संख्या गएको बैशाख १ गतेदेखी ३१ गतेसम्मको हो ।



लाइभदाङ । ३० जेष्ठ २०८३, शनिबार ०४:५१ बजे