गणेश डेरीले विद्यार्थीलाई दियो छात्रबृति

टेकराज भण्डारी
तुलसीपुर,४ वैशाख ।
तुलसीपुर स्थित गणेश डेरी उद्योगले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै डेरीले डिप्लोमा तहमा फुड एण्ड डेरी टेक्नोलोजी अध्ययन गर्ने एक जना विद्यार्थीलाई छात्रबृति दिने भएको हो ।

उद्योगका सञ्चालक विनिल केसीका अनुसार हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरि मेट्रो कलेजसंग सहमति भएको हो । कलेजमा अध्ययनरत एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रबृति प्रदान गरिनेछ ।


साथै कलेजमा अध्ययनर विद्यार्थीहरुलाई उद्योगमा इन्टर्नसिप र रोजगारी प्रदान गर्ने समेत सहमती भएको छ । त्यस्तै उद्योगले उत्पादन गर्ने हरेक डेरी उत्पादनमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विशेष छुट समेत दिइनेछ ।