अल्पाईन युनिफर्मद्धारा विद्यार्थीलाई पोशाक सहयोग

तुलसीपुर, २९ असार ।
तुलसीपुरमा रहेको अल्पाईन युनिफर्म एण्ड सप्लायर्सले विद्यार्थीलाई पोशाक सहयोग गरेको छ । सप्लायर्सले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी स्थित अमर माध्यमिक विद्यालयमा अध्ययनरत २० जना विपन्न विद्यार्थीलाई टिसर्ट, ट्राउजर सहितको पोशाक सहयोग गरेको हो ।

यसैविच विद्यालयमा एक कार्यक्रमका विच उक्त पोशाक विद्यार्थीलाई वितरण गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

पोशाक किन्न नसक्ने अवस्था भएका ती विद्यार्थीलाई पोशाक सहयोग गरेको सप्लार्यका सञ्चालक नोवेल डिसीले बताए ।सामाजिक कार्य अन्तरगत २५ हजार बराबरको सहयोग गरिएको उनले बताए । पोशाक पाउदा विद्यार्थीहरु खुसी भएका थिए ।


कार्यक्रमबारे जानकारी गराउदै विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले पोशाक सहयोग गरेकोमा अल्पाईन परीवारलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका मावि संयोक यज्ञ बहादुर अधिकारीले गरेका थिए । साथै आज नै विद्यार्थी र अभिभावकका विच विद्यालयले असार सम्मको दिवाखाजा र छात्रबृत्ति वितरण समेत गरिएको छ ।