तुलसीपुर, २२ असोज ।
दाङको बबई नदिमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ निवासी नरेश खड्काका ९ वर्षीय छोरा पुस्कर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका पुस्कर स्थानिय कविराम पुनका ९ वर्षीय छोरा पुनसँग आज दिउँसो पौने ३ बजेको समयमा दंगीशरण गाउँपालिका–४ बैंबाङस्थित बबई नदिमा नुहाउन गएको अवस्थामा दुबैजना डुबेर वेपत्ता भएका थिए ।
त्यसलगत्तै प्रहरीले खोजी गर्दै जादा पुनलाई शकुसल उद्धार गरिएपनि खड्का भने मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उनी वेपत्ता भएको करिब ४५ मिनेट पछी झण्डै १ सय मिटर तल बबई नदिको बिच भागमा मृत फेला परेको उहाँले बताउनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । २२ आश्विन २०८१, मंगलवार २०:५७ बजे