सीडद्वारा एकसय बढि विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

तुलसीपुर,३ वैशाख । समाजमा वातावरणीय शिक्षाको विकास(सीड)ले एक सय बढि विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

शनिबार तुलसीपुरको वडा नं.१०,११,१२,१३ र १६ नम्बर वडा तथा दंगीशरण गाउँपालिकाको वडा नं.१ र २ का गरीब तथा अतिविपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो । सीडका कार्यकारी निर्देशन भागीराम चौधरीका अनुसार भर्ना अभियान चलिरहेको अबस्थामा कुनै पनि बालबालिका आर्थिक अभाबबाट पढ्न बञ्चित हुन नपरोस भनेर एकसय १८ जना विद्यार्थीहरुलाई झोला, एक दर्जन कपी,एक दर्जन कलम, विद्यालय पोशाक सहयोग गरिएको हो ।

उनका अनुसार डिकेए अस्ट्रियाको आर्थिक सहयोगमा तुलसीपुर १३ का १८ जना, तुलसीपुर १६ का २० जना,तुलसीपुर १० का ३, तुलसीपुर १२ का ६ जना र तुलसीपुर ११ का ४५ जनालाई उक्त सामग्री वितरण गरिएको हो । त्यस्तै दंगीशरण १ र २ का २६ जनालाई उक्त सामग्री वितरण गरिएको हो । सीडका अध्यक्ष राममोती चौधरी, कार्यक्रम निर्देशक भागीराम चौधरी, कार्यक्रम संयोजक उमेश खरेल,लेखा प्रमुख जानकी चौधरी, सामाजिक परिचालक विनोद चौधरीसहितको टोलीले सम्बन्धित वडामै पुगेर सामग्री वितरण गरेका थिए ।


त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपपप्रमुख स्यानी चौधरीसहितका जनप्रतिनिधिहरुले यस्ता कार्यले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने बताएका थिए । आर्थिक अभाबकै कारण धेरै विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै यस्ता कार्यले धेरै सहयोग गर्ने बताएका थिए ।