छुवाछुत अन्त्यकालागि कानुन निर्माणलाई तिब्रता दिनुपर्छ : अपार

तुलसीपुर,८ चैत । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले छुवाछुत अन्त्यकालागि कानुन निर्माणलाई तिब्रता दिनुपर्ने बताएका छन् ।

                             

राष्ट्रियसभामा बुधबारको छलफलमा भाग लिदै उनले भने‘मान्छे–मान्छे एउटै हो । पानी नचल्ने, श्रम चल्ने । एक थरि मान्छेले, अर्को थरि मान्छेलाई निकृष्ट ब्यबहार गर्ने कार्य बिडम्बना हो, जातिय विभेद होस्, वा लैंगिक, बर्गीय, क्षेत्रीय जुनसुकै विभेद अन्त्य गर्न मुलुकमा जनयुद्ध भयो ।’


मुलुकमा चलेको १० बर्षे जनयुद्ध र १९ दिने आन्दोलनकै जगमा बनेको संविधानले मुलभूत रुपमा छुवाछुत अन्त्यको कुरा सम्बोधन गरेको समेत उनले बताए । तर, त्यो संविान अनुरुप कानुन नबन्दा समस्या आएको भन्दै यसलाई छिटो भन्दा छिटो हल गर्नकलागि राष्ट्रियसभामा ल्याईएको साझा प्रस्ताबको समर्थन पनि गरे ।

यसलाई कार्यान्वयन गर्न अगाडी लैजान सबै एकबद्ध हुनुपर्ने उनको भनाई छ ।