बैंकिङ कसुर मुद्धामा फरार दाङका दुई जना पक्राउ

दाङ, २७ चैत ।
बैंकिङ कसुर मुद्धामा फरार दाङका दुई जना पक्राउ परेका छन् । प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका राप्ती गाउँपालिका-२ का ३१ वर्षका कृष्ण बन्जाडे र सोही ठाउँकै ३१ वर्षका टिकाराम पोखरेललाई पक्राउ गरेको हो ।

दुवै जना त्रिसुलमल्टी प्रपोज प्रालिका संचालक रहेको प्रहरीले जनाएको छ । प्रतिवादी बन्जाडे र पोखरेललाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।


बिनोद पोखरेलको जाहेरीपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । दुवै जनालाई रुपन्देही प्रहरी कार्यालय भैरहवामा पठाएको प्रहरीले जनाएको छ ।