माटो सुधार्न प्राङ्गारिक मल प्रयोग गर्न सुझाब

दीपक बोहरा,
तुलसीपुर,१६ चैत ।
तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय ६.३ भन्दा कम रहेको पाईएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाब दिईएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लिय पन ६.३ भन्दा कम रहेकाले उत्पादन घटिरहेको भन्दै प्राङ्गारिक मल हाल्न सुझाब दिएको बताउनुभयो ।“अहिले तुलसीपुरको माटोको अम्लियपन घटिरहेको छ, ६.३ भन्दा कम छ”,उहाँले भन्नुभयो“यसले उत्पादन घटिरहेको छ, त्यसैले अम्लियपन बढिरहेको छ ।”

उहाँले माटोमा नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाईएको बताउनुभयो । माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिश गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार जति सिफारिश गरिएको हो, त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रति कठ्ठा, माटोमा फसफोरस कम भएकाले सिफारिश मात्रामा मात्रै प्रयोग गर्नुपर्छ ।


उपमहानगरपालिकाका बिभिन्न स्थानको करिब ७५० स्याम्पल परीक्षण गर्दा यस्तो भेटिएको हो । उपमहानगरपालिकाका १९ वटै वडामा परीक्षण गरिएको हो । माटोमा अम्लिय पन बढाएर ६.५ पु¥याउनकालागि प्राङगारिक पदार्थ हाल्न सुझाब दिएको बताउनुभयो ।

विरुवालाई बिभिन्न १६ वटा खाद्य तत्व चाहिन्छ । तर, रासायनिक मलले बिभिन्न ३ किसिमका तत्व मात्रै प्रदान गर्ने भएकाले प्राङ्गारिक मलले सबै तत्व प्रदान गर्नै बताउनुभयो ।