लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्रीको प्रस्ताब

दीपक बोहरा,
दाङ,१२ चैत ।
लुम्बिनीमा काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्रीको प्रस्ताब गर्दै ५३ सांसदले प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर बुझाएका छन् । आईतबार दिउसो साढे २ बजेतिर बिभिन्न ८ दल र स्वतन्त्र सांसद गरि ५३ जनाले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएको माओवादीका सांसद धनबहादुर मास्की(राजेश)ले जानकारी दिए ।

उनका अनुसार काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसदले हस्ताक्षर गरि मुख्यमन्त्रीकालागि प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।


साथै मुख्यमन्त्री लिला गिरीको सरकारमा सहभागि भएका सबै दलले राजीनामा बुझाएर समर्थन फिर्ता लिएका छन् । यस अघि सरकारमा माओवादी केन्द्रका ३ सहित जनमतका १ जना र जसपाका १ जना मन्त्री थिए । मुख्यमन्त्रीसहित ५ जना एमालेका र २ जना राप्रपाका मन्त्री थिए । राप्रपाका मन्त्रीले भने मुख्यमन्त्री गिरीलाई नै समर्थन दिएका छन् ।