इप्रका तुलसीपुरका प्रमुख अर्यालको सरुवा, मल्ल आउँदै

तुलसीपुर,
२० साउन / इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको सरुवा भएको छ । लामो समय इप्रका तुलसीपुरको प्रमुख भएका अर्यालको प्रहरी प्रधान कार्यालयले आज जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगलमा कार्यरत पुष्पराज मल्ल आउने भएका छन् ।