जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौँ, २० कार्तिक ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको परकम्प गएको छ। अपराह्न ४ः३१ बजे ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए।


उनका अनुसार यो जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प हो। यसको धक्का काठमाडौं, दिल्लीसम्म महसुस गरिएको छ।

यसअघि गत शुक्रबार राति ११ः४७ मा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।अहिलेसम्म जारकोट भूकम्पका परकम्प झन्डै चार सय पुगेका छन्।