पसलमा आगलागि हुँदा ५ जना घाइते

सल्यान, ७ चैत ।
सल्यानको एक पसलमा आगलागि हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा पसलको शाहु कुमाख गाउँपालिका ४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिव शाह र १८ वर्षीय क्षेत्रमणी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।


गएराती शंकर रानाको किराना पसलमा एक्कासी आगलागि हुँदा ५ जना घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेहरुको मिसन अस्पताल रुकुम चौरजहारीमा उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरिएको भनाई छ । घाइते ५ जना मध्ये शंकर, यज्ञ ,जीवन र संजिवको अवस्था गम्भीर रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।