बबईमा डुबेर एक जना बेपत्ता

दाङ, २८ असोज ।
बबई नदीमा डुबेर तुलसीपुरका एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरिया नजिकबाट नदी तरेर आउने क्रममा एक जना अधबैंसे पुरुष डुबेर बेपत्ता भएपनि उनको पहिचान खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय संचार शाखाका अनुसार ती ब्यक्ति बग्दै गरेको स्थानीयले देखेको र उद्धारको प्रयास गर्दा फेला नपरेको सूचना आएको जानकारी दिएको छ ।

ती ब्यक्तिले बोकेर ल्याएको सामान भने केही तल नदीमा फेला परेको भएपनि बगेका ब्यक्ति अहिले सम्म फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


तुलसीपुर – अमेलिया सडक खण्ड अन्तरगत सितलपुरस्थित बबई नदी पुल भन्दा केही पूर्व दक्षिणबाट उनले नदी तर्न खोज्दा बगेको प्रत्यक्षदर्सीले बताएका छन् ।