प्रभाष लामिछानेलाई ने.वि.सघंले ग¥यो कारवाही

टेकराज भण्डारी,
दाङ, ६ चैत ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रभाष लामिछानेलाई कारवाही गरेको छ । राप्ती बबई क्याम्पस तुलसीपुरमा भोलि चैत्र ७ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काँग्रेसले आधिकारिक उमेदवारका रुपमा नेवि सघंका जिल्ला सदस्य प्रमोद भण्डारीलाई आधिकारिक उमेदवारको रुपमा प्रस्तुत गरेको छ, भने विद्रोही उमेदवार प्रभाष लामिछानेलाई ने.वि. सघं जिल्ला कार्य समिति दाङले कारवाही गरेको छ ।


लामिछाने पनि क्याम्पसमा सभापतिका स्वतन्त्र उम्मेद्वार छन् । राप्ती बबई क्याम्पस तुलसिपुरमा नेवि संघले प्रमोद भन्डारीको टिम आधिकारिक भएको भन्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरी,केन्द्रीय सदस्य गेहेन्द्र गिरी लगात पार्टीका नेताहरूले सहमति गर्नु भएको थियो ।