टेन्डर नगरेर गढवाको सर्पदंश उपचार केन्द्र निर्माण, एउटै ठेक्का तीन निर्माण व्यबसायलाई

तुलसीपुर
८ भदौ / त्यस्तै दाङ गढवा गाउँपालिकाले सर्पदंश उपचार केन्द्र निर्माणका क्रममा पनि वेथिति देखिएको छ ।

एक करोड १६ लाख ६९ हजार लागत अनुमानको सर्पदंश भवनको काम टुक्रा पारी ३ निर्माण व्यबसायी मार्फत गराएको पाईएको छ । त्यसो गर्न नपाइईने महालेखा परीक्षकको कार्यालयको ठहर छ ।

कार्यालयका अनुसार ७८ लाख ८ हजार भुक्तानी गरेर काम गरेको भन्दै सार्वजनिक खरिद नियमावली, २०६४ नियम ३१ अनुसार २० लाखभन्दा बढिको निर्माण कार्यबोलपत्रको माध्यामबाट गराउनुपर्छ ।


 

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'