श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

तुलसीपुर, २८ असोज ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका – ४ नम्बर वडा कमिटीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । पार्टीका संगठित सदस्य तुलसीपुर – ४ गणेश टोल निबासी बम बहादुर बस्नेतकी धर्मपत्नी स्वर्गीय गायित्री बस्नेतको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।

स्वर्गीय बस्नेतको अन्तयष्टि समारोहमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल ओली र प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।


सो अबसरमा वडा इन्चार्ज बालकृष्ण राना, तुलसीपुर ३ का वडा अध्यक्ष बिजय बिक,वडा कमिटी अध्यक्ष घन बहादुर पुन र तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।