दंगीशरणमा रेडक्रस सोसाइटी उपशाखा बागरको साधरणसभा तथा ७ औं अधिबेशन सम्पन्न

प्रमोद आचार्य,
दंगीशरण, ३० पुस ।
रेडक्रस सोसाइटी उपशाखा बागरको ११ औं साधरणसभा तथा ७ औं अधिबेशन दंगीशरण गाउँपालिका वडा नं. ६ को शभाहलमा सम्पन्न भएको छ । रेडक्रस सोसाइटी उपशाखा बागरका सभापती सिब सुन्दर बुढाथोकीको शभापतीत्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा साधारणसभा तथा ७ औं अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सम्भु गिरीले रेडक्रस बिसुद्द मानबिय सेवाका लागी सधै अग्रणिय भुमिकामा रहेको स्मरण गर्दै रेडक्रसमा बस्ने पदाधिकारी सधै मानबिय सेवाका लागी स्वच्छ मनले लाग्नु पर्ने बताउनुभयो ।यस्तै वडा नं. ६ का वडा अध्यक्ष रोशन जङ शाहले आफु बाल्यकाल देखीनै रेडक्रस प्रती प्रेरीत रहेको बताउदै आफु रेडक्रसको आजिबन सदस्य हुन चाहेको बताउनुभयो ।


वडा नं. ७ का वडा अध्यक्ष रेशम बहादुर वलिले रेडक्रस आफैमा पबित्र संस्था रहेकाले रेडक्रसको भुमिकाको उच्च प्रसंसा गर्नुभयो । शुक्रबार सम्पन्न ७ औं अधिबेशनबाट गिरीराज न्यौपाने सर्बसम्म्त शभापतीमा निर्बाचित हुनुभएको छ । गिरीराज न्यौपानेको शभापतीत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जस्को उपशभापतीमा सिमा न्यौपाने ,सचिबमा लक्ष्मण देबकोटा, कोषाध्यक्षमा महेश थापा उपसचिबमा श्रीमणी न्यौपाने, उप कोषाध्यक्षमा नेत्र बहादुर देबकोटा सदस्यहरुमा गिता कुमारी पौडेल , भरत अधिकारी ,तुलसीराम देबकोटा ,श्रीधर शर्मा र बिस्णु गौतम रहनुभएको छ । बागर उपशाखाका सदस्य श्रीधर शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपशाखा बागरका निबर्तमान सचिब राजु न्यौपानेले गर्नुभएको थियो ।