जेठुकान्छुको सपना :अरणीको मैदानमा अण्डरग्राउन्ड पार्किङ र मिनि रंगशाला बनाईने

तुलसीपुर
२१ वैशाख / एमाले तुलसीपुर ५ ले अरणीको मैदानमा अण्डरग्राउन्ड पार्किङको व्यबस्था गर्ने योजना अघि सारेको छ । वडाध्यक्षका उम्मेदवार पदमप्रसाद पोखरेल(जेठुकान्छु)ले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै यस्तो बताए । उनले अरणीको मैदानलाई मिनि रंगशाला निर्माण गर्ने समेत योजना बनाएका छन् ।

साथै उनले तुलसीपुरका विभिन्न स्थानमा आकाशे पुल निर्माण देखि वडा नं. ५ लाई धुलो र खाल्डाखुल्डी मुक्त सडकको रुपमा विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । उनले आफुहरुले जितेमा ५ बर्षमा तुलसीपुरको मुहार फेर्ने बताए ।

उनले एक घर एक धारा, जहाँ क्षति त्यहाँ गति भन्ने नाराका साथ क्षति भएको सडकहरुको २४ घण्टाभित्र मर्मत, वजार क्षेत्रमा कोशी खेति गर्नेलाई प्रोत्साहन गरिने, पातुखोला किनार क्षेत्रमा रहेको करिडोरमा वृक्षारोपन, गरी हरियाली पार्कका रुपमा विकास गर्ने, ऐलानी अव्यवस्थीतलाई लालपूर्जा वितरण, अभिभावकविहिन अतिविपन्न बालबालिकाहरुको शिक्षाको जिम्मा लिइने देखि सुत्केरी र जेष्ठ नागरिकहरुलाई अस्पतालसम्म जानका लागि निशुल्क घुम्ती अटो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।


त्यस्तै ५ बर्ष भित्र विरेन्द्र चोक, पिपल बोट र विपी चोकमा आकासे पुल, ज्ञानज्योति जनश्रमिक प्राविमा बालविकास केन्द्रलाई मन्टेश्वरी विद्यालयमा स्तरोन्नती , वडाका सवै नागरिकको विवरण डिजीटलाइन्ट गरी कुनैपनि कार्यालयको काममा कागजात बोक्नु पर्ने झण्झटको अन्त्य गर्ने समका प्रतिवद्धता सार्वजनिक गरे । त्यस्तै तुलसीपुरमा रात्रि बजार सञ्चालन र जेष्ठ नागरिकलाई निःशुल्क तिर्थ यात्रा गराने सम्मका चुनावी प्रतिवद्धता सार्वजनिक गरिएको छ ।

नेकपा एमालेका नेता विनोद शर्माले आफुहरुले ५ बर्ष सम्म तुलसीपुरम ागर्न सकिने कामहरु सार्वजनिक गरेको भन्दै आफ्नो पार्टीका उम्मेदवारले जितेमा तुलसीपुरलाई नमुना योग्य बनाउने बताए । चुनाव प्रचार प्रसार समितिका संयोजक प्रकाश भट्टको अध्यक्षतामा चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रम भएको थियो । साभार : अग्रिम साप्ताहिक

May be an image of 4 people and text