समाचार आएपछि हचुवाको भरमा इन्धन वितरण कमी आएको छः ढकाल

तुलसीपुर,४ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालिकाका लेखा समिति संयोजक घनश्याम ढकालले समाचार प्रकाशन भएपछि इन्धन वितरणमा सुधार भएको बताएका छन् ।

लेखा समितिले ल्याएको प्रतिवेदन अनुसार इन्धन अस्वभाविक खर्च भएपछि त्यसलाई नयाँ पत्रिका, लाईभ दाङ डटकमलगायतका सञ्चार माध्यामले समाचार प्रकाशन गरेका थिए । त्यसपछि अहिले विगत जस्तो अनावश्यक गाडी चलाउने, जसलाई पायो त्यसलाई इन्धन वितरण कार्य रोकिएको उनले बताए ।


त्यस्तै हचुवाको भरमा गाडी कुदाउने कार्य पनि अन्त्य भएको उनले बताए । अस्वभाविक रुपमा महिनामा ३२ लाख भन्दा बढि इन्धन खर्च भएपछि त्यसमा चौतर्फी रुपमा प्रश्न चिन्ह उठाईएको थियो ।

सञ्चार माध्याममा समाचार आएपछि अहिले त्यो कुरा अख्तियारले समेत अनुसन्धान थालेको छ । गएको कात्तिकमा मात्रै ३२ लाख बराबरको इन्धन खर्च भएको थियो ।