मोटरसाइकल चालक खड्काको निधन, वली घाइते

घोराही, २६ भदौँ ।

दाङमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ । मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका २ निबासी ४८ बर्षीया रुद्रबहादुर खड्काको निधन भएको हो ।

घटनामा परी घाइते भएका खड्कालाई उपचारका लागि नेपालगञ्ज लिदै गर्दा बाटोमै निधन भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । बबई गाउँपालिकाको हापुरे बजारबाट तुलसीपुर जादै गरेको रा १ ज ८०५ नम्बरको जीपसंग खड्का सवार रा ५ प ३१३४ नम्बरको मोटरसाइकल शान्तिनगरको खैरेनीमा आज बिहान ठोक्कीएको थियो ।


उक्त घटनामा परी शान्तिनगर २ निबासी ६७ लालबहादुर वली पनि घाइते हुनुभएको छ । वलीको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालक ईलाका प्रहरी कार्यालय खिलतपुरको नियन्त्रणमा राखिएको छ ।

मोटरसाइकल शान्तिनगरबाट पश्चिम र जीप हापुरेबाट तुलसीपुर जान लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक नबीन चुदालीले जानकारी दिनुभएको छ । खड्काको शब कोहलपुर मेडिकल कलेजमा राखिएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'