दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनाव असोज ११ गते हुने

गोविन्द खड्का
घोराही, २५ भदौ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन असोज ११ गते हुने गरी एकदिन पछि सरेको छ । संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा विहिवार बसेको बैठकले निर्वाचन मिति सारेको हो ।

यस अघि १० गते गर्ने निर्णय भएको निर्वाचनलाई विशेष कारणबस एक दिन पछि सार्ने निर्णय गरेको संघका सचिव विकास वलीले जानकारी दिए ।


उनका अनुसार दाङ जिल्ला उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईको संयोजकत्वमा तिन सदस्यीय निर्वाचन समिति पनि गठन गरीएको छ ।

जसको सदस्यहरुमा अधिवक्ता भूपबहादुर केसी, अधिवक्ता ठाकुर सदस्य रहेका छन् ।