३ नम्बर वडा कार्यालय चिराघाटमा बन्ने

निराश पाण्डे
शान्तिनगर, १८ फागुन ।
शान्तिनगर गाउँपालिका ३ नम्बर वडा कार्यालयको भवन झन्डै ७ बर्ष पछि निर्माण हुने प्रक्रियामा अगाडि बढेको छ।२०७४ को स्थानीय निर्वाचन भए देखि हालसम्म वडा कार्यालय साबिक शान्तिनगर गा.बि.स को एउटा सिमित कोठामा रहि काम काज हुँदै आएको छ।

वडा कार्यालयको भवन नहुँदा काम काजमा निकै समस्या रहेको वडा अध्यक्ष मीन बहादुर के सि ले जनाउनु भएको छ। निबर्तमान वडा अध्यक्ष बुद्धि राम तिवारीको कार्यकालमा वडा कार्यालय बनाउन धेरै प्रयत्न गरेता पनि विवाद भएकै कारण बजेट फ्रीज भएर गएको थियो ।

शान्तिनगर गाउँपालिकामा २,५,६,७ र १ को वडा कार्यालय भवन निर्माण भै सकेका छन् भने वडा नम्बर ३ र ४ ले साबिक शान्तिनगर गा.बि.स भवनबाट सेवा दिदै आएका छन्।बुधबार सम्पन्न उपभोक्ताको भेलाले ३ नम्बर वडा भवन निर्माणका लागि डण्ड पानी पाण्डे को अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिती गठन गरिएको छ।


जसको सचीवमा प्रताप दाहाल र कोषाध्यक्षमा जमुना बि क रहनु भएको छ। भने दिपक चन्दको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन समेत गरिएको छ।

३ नम्बर वडा कार्यालय भवनका लागि गाउँपालिकाबाट ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको र उक्त वडा कार्यालयको भवन शान्तिनगरको चिराघाटमा बन्ने वडा अध्यक्ष मीन बहादुर केसीले जानकारी गराउनु भएको छ।