धार्मिक ज्ञान बिज्ञान महायज्ञको समापन

निराश पान्डे,
श्रीगाउं, २१ फागुन ।
दंगिशरण गाउँपालिका वडा नम्बर ७ श्रीगाउं स्थित श्री सिद्ध भगवन्तनाथ मन्दिरको सर्बाङ्गिण बिकासका लागि फागुन १४ गते देखि संचालित धार्मिक ज्ञान बिज्ञान महायज्ञको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको छ।

मुल आयोजक समितीका संयोजक धर्म नाथ योगिको सभापतित्व तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको प्रमुख आतिथ्यता र प्रमुख कथा बाचक अच्युत शरण महाराज धितालको विशिष्ट आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष गिरिले पर्यटकिए क्षेत्रको रूपमा रहेको यस सिद्ध भगवन्तनाथ मन्दिरको प्रबेस द्वार निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।


कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रोशन जंग शाहले पनि आफ्नो वडाले ऐतिहासिक मन्दिरको लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ। महायज्ञमा १५ लाख बढी आर्थिक संकलन भएको मुल आयोजक समितिका संयोजक धर्म नाथ योगिले जनाउनु भएको छ।

मन्दिर ब्यबस्थापन समितिको छिट्टै वैठक बसि कामलाई तीव्रता दिइने समितिका अध्यक्ष गोपाल नाथ योगिले जनाउनु भएको छ भने कार्यक्रममा स्वागत मन्तव्य बिष्णा गौतले गर्नु भएको थियो।