सामुदायिक सहकारीको २४ औँ साधारण सभा

घोराही, २८ असोज ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड दाङको २४ औँ बार्षिक साधारण सभा घोराहीमा सम्पन्न भएको छ । सहकारीले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष यमला गौतमको अध्यक्षता एवं जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्य र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेडका संस्थापक अध्यक्ष बिमला योगीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय अर्थतन्त्रकालागी सहकारीको महत्वपूर्ण भूमीका भएको बताएका थिए ।

उनीहरुले देश विकासको महत्वपूर्ण अङ्गको रूपमा सहकारी रहेको बताएका थिए । समृद्ध अर्थतन्त्रको विकास गर्ने एक क्षेत्रको रूपमा सहकारी रहको भन्दै उनीहरुले सेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुने बताए । सहकारीमा पुँजीको भन्दा पनि सदस्यको महत्व धेरै हुने उनीहरुको भनाई थियो ।

सहकारीले वित्तीय विकासका साथै सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनीहरुको भनाई थियो । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको बतथ तथा ऋण सहितका क्रियाकलापमा सहभागी गराउनकासाथै सदस्यहरुलाई शिक्षा, तालिम र सुचनाको प्रवाहसँगै आत्मनिर्भर बनाउन र स्वायत्त संस्थाको रुपमा विकास गर्दै लगेको उनीहरुको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष शर्माले शर्माले ‘बचतमा बृद्धि, जिवनमा समृद्धि’ भन्ने मान्यताका साथ काम गर्नुपर्ने र यसको महत्व सहकारीका सदस्यहरुले पनि बुझ्न आवश्यक भएको बताउनुभयो । उहाँले सामुदायिक सहकारी जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा रहेका भन्दै उत्कृष्ट नितिका साथ काम गरिरहेको बताउनुभयो । ऋणमात्र दिने भन्दा पनि बचत गर्नकालागी सहकारीहरुले सदस्यहरुलाई उत्प्ररेरित गर्नुपर्ने भन्दै उहाँले यस मार्गमा सामुदायिक सहकारी अगाडी बढिरहेको उहाँको भनाई थियो ।

विशिष्ठ अतिथि संस्थाका संस्थापक अध्यक्ष विमला योगीले समाजमा छरिएर रहेको पूजीलाई एकीकृत गरि विभिन्न आयस्रोत भएका वर्ग र समूहलाई समेट्दै सहकारीको माध्यमबाट स्वावलम्बी र आत्मनिर्भर बनाउनकालागी २०५४ सालमा स्थापना भएको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक र आर्थिक कार्यमा महत्वपूर्ण भूमीका खेलेको बताउनुभयो ।

यस संस्थामा आवद्ध सदस्यहरुलाई बचत तथा ऋण सहितका क्रियाकलापमा सहभागी गराउनुकासाथै सदस्यहरुलाई शिक्षा, तालिम, सुचना पूवाहसँगै आत्मनिर्भर बनाएको र स्वयत्त संस्थाको रुपममा संस्थालाई विकास गर्दै लगेको योगीले बताउनुभयो । उहाँले शेयर सदस्यहरुको हितमा विभिन्न निति तथा कार्यक्रमहरु तयार गरेर सहकारीले लागु गरिरहेको पनि बताउनुभयो । जसका कारण समाजमा यस सहकारीको छवि उदाहरणीय रहेको पनि उहाँले बताउनुभयो ।


कार्यक्रममा बार्षिक प्रतिवेदन संस्थाका कार्यवाहक अध्यक्ष यमला गौतमले प्रस्तुत गर्नुभएको थियो । गौतमले आगामी एक बर्षमा जेष्ठ नागरिक तथा बालबालिकाकोलागी आँखा शिविर र महिलाहरुको प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने, सदस्यहरुलाई विभिन्न व्यवसायिक तालिमहरु सञ्चालन गर्ने, सहकारी शिक्षा शिविर सञ्चालन गर्ने, बचत सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम गने, सेयर सदस्यहरुका जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने, ऋण सदस्यहरुबीच अन्तरक्रिया गर्ने, बचत सदस्यहरुसँग अन्तरक्रिया गर्ने, विभिन्न सहकारीसँग सम्बन्धीत दिवशहरु मनाउने जानकारी दिनुभयो ।

यस्तै अर्गानिक तरकारी खेति तथा हरियो तरकारी बजार व्यवस्थापन कार्यक्रम गर्ने, उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गर्ने, सफल व्यवसायीहरुलाई सम्मान गर्ने, ऋण बिमा गर्ने, बाख्रा पालन र भैसी पालन तालिम सञ्चालन गर्ने, शेयर सदस्यहरुले उत्पादन गरेको वस्तुलाई हरियो बजारमा समन्वय गराउने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कल्पना कार्कीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक हेमन्ता योगीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । स्थापनादेखी हालसम्म संस्थाको विकसकालागी महत्वपूर्ण योगदान पु¥याउने जेष्ठ नागरिक, असल बचतकर्ता, उत्कृष्ट बचत समूह, असल ऋणीहरुलाई सम्मान गरिएको थियो भने सुत्केरी पोषण रकम र मृत्यु भएका सदस्यहरुको परिवार र परिवार गुमाएका सदस्यहरुलाई राहतकोषबाट रकम प्रदान गरिएको थियो ।

यस्तै सदस्यका छोराछोरीलाई स्टेशनरी सामाग्री सहयोग गरिएको थियो । उत्कृष्ट बचतकर्ता गीता घर्ति, राजकुमार थापा, रज्यलक्ष्मी श्रेष्ठ, उत्कृष्ट बचत समूह ज्ञानज्योति बचत समूह घोराही ७ लाई सम्मान गरिएको थियो । सस्थाका जेष्ठ नागरिक सदस्यहरु तिर्थराज चौधरी, विरही चौधरी, जनकी चौधरी, माघी चौधरी, शोभा श्रेष्ठ, रज्यलक्ष्मी श्रेष्ठ, रिसमान र चिजमानीलाई सम्मान गरिएको थियो ।

मृतक शेयर सदस्यहरु समतोली चौधरी, रामबहादुर गुरुङ, दुर्गा रावलको परिवारका सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो । यस्तै श्रीमान र श्रीमति गुमाएका शेयर सदस्यहरु पदम श्रेष्ठ, खिउरी बुढा, सुसमा विश्वकर्मा, राधा बस्नेत, सुलोचना शाहलाई नगद सहित सम्मान गरिएको थियो । यस्तै शेयर सदस्यहरु मेनुका डंगोरिया, अञ्जली गुप्ता, दीपा दर्शादी, सुनिता कवर योगी, अनिता चौधरी, रीता चौधरी, अनमीका चौधरी, जसनु वली गिरीलाई सुत्केरी सुविधा अन्तरगत सम्मान गरिउको थियो ।

यस्तै शेयर सदस्यहका छोराछोरीलाई आषिका लामा, जानकी घर्ति, विवेचना चौधरी, प्रमीशा चौधरी, सबिना चौधरी, सीमा माझी, विन्दास घर्ति, सुमीना चौधरी, सन्ध्या विष्ट, रोशनी बस्नेत, ऋतु बिक, श्रवण चौधरी, रोनक सुनार, प्रकाश बिक, अनुष्का चौधरी, सुमीत चौधरीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक डिल्लीराज दाहाल, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ फिल्ड कार्यालय दाङ (नेफ्स्कुन) का प्रमुख विष्णु जोशी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य एवं संस्थाका सेयर सदस्य कृष्णा रानाले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका सदस्य कल्पना कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका व्यवस्थापक बिष्णु गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी निर्देशक कल्पना न्यौपानेले गर्नुभएको थियो ।